२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

भक्तपुरमा लुकाएर राखेका ग्यास नियन्त्रणमा लिइ सर्वसाधारणलाई बाँडियो

भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा गरिएको अनुगमनपछि सिलिन्डरहरू स्थानीयलाई उपलब्ध गराइएको हो।

यसैबीच, प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–२ इटाछेका राजेश कर्मचार्यलाई १४ वटा सगर ग्याससहित र सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक उमेश साहलाई ७५ वटा हिमाल ग्याससहित पक्राउ गरिएको हो। साहले प्रतिसिलिन्डर २,८०० रुपैयाँमा बिक्री गर्दै आएको सूचना पाएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस