२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा नयाँ जनशक्ति

काठमाडौं । सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवान भर्ना गर्ने तयारी गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै प्रहरी जवानसहित विभिन्न पदमा ६ सय ६६ जनाको पदपूर्ति गर्न लागिएको जनाएको हो।

सूचनाअनुसार ६ सय ४ जना सशस्त्र प्रहरी जवान, ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केस कर्तक, २ जना चर्मकर्मी र १ जना मालीको लागि दरखास्त आह्वान गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : २०८३ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस