काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । साताको अन्तिम दिनको गिरावटले लगानीकर्तामा चिन्ता थपिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ४ हजार ८ सयले घटेको हो ।
महासंघका अनुसार सुन बिहिबार प्रतितोला ३ लाख ५ हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार घटेर ३ लाख १ हजारमा कारोबार भएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य २ सय ५५ रुपैयाँले घटेको छ । बिहिबार ४ हजार ८ सय ५५ मा कारोबार भएको चाँदी घटेर शुक्रबार ४ हजार ६ सय रुपैंया मा कायम भएको हो ।
प्रकाशित मिति : २०८३ भाद्र २६ गते शुक्रवार

