काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा रु २२ करोड ७५ लाख ३८ हजार ३३१ थपिएको छ। यससँगै सबै खातामा कोषको कुल मौज्दात रु १४ अर्ब ५६ करोड ३८ लाख पुगेको छ।
रसुवाको भोटेकोशी बाढीपीडितका लागि कोषबाट यसअघि नै रु एक अर्ब निकासा भइसकेको छ। सरकारले प्रभावित परिवारलाई चार सदस्यसम्म मासिक रु १५ हजार र थप प्रत्येक सदस्यका लागि रु दुई हजार दिने निर्णयसमेत गरेको छ। कोषका डलर खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर रहेको छ।
प्रकाशित मिति : २०८३ असोज १ गते बिहिवार

