२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

कक्षा १० की छात्रा स्वर्णिमा कसरी पुग्दैछिन् संयुक्त राष्ट्रसंघ महासभामा

कञ्चनपुर । कञ्चनपुरको बेलौरीकी कक्षा १० की छात्रा स्वर्णिमा कँडेल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने भएकी छन्। उग्रतारा बाल विद्यालयमा अध्ययनरत उनी युनिसेफ नेपालमार्फत महासभामा सहभागी हुन लागेकी हुन्।

विद्यालयका अनुसार बाल संगठनका तर्फबाट महासभामा सहभागी हुने स्वर्णिमा पहिलो छात्रा हुन्। यहाँ सहभागी हुन प्रधानमन्त्री बालेन शाहसहित नेपालका विशिष्ट व्यक्तिहरु पुग्दैछन् ।

 

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस