काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ। आइतबार बसेको सचिवालय बैठकले कार्यदलको एकीकृत प्रतिवेदन अनुमोदन गर्दै सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डासमेत तय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। उपाध्यक्ष रामबहादुर थापा र पोखरेलले अन्तिम रूप दिएको प्रतिवेदनमा देशभरबाट प्राप्त सुझाव अनुसूचीमा समेटिएका छन्।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा प्रदीप ज्ञवालीले तयार पारेको प्रारम्भिक प्रतिवेदनमाथि छलफलपछि ‘तत्काल पुनर्गठन’ भन्ने शब्द भने हटाइएको छ। अब एमालेमा तत्काल पुनर्गठन भन्ने विषय सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचनापनि गर्न नपाईने सहमति भएको छ ।
प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार

