२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

झापामा बङ्गुर फार्ममा भेटिए मानव कङ्काल, दुई पक्राउ

झापा । मेचीनगरस्थित बङ्गुर फार्ममा गाडिएको अवस्थामा मानव क`ङ्काल फेला परेपछि प्रहरीले फार्म सञ्चालकसहित दुई जनालाई प`क्राउ गरेको छ। ललितपुरको महाङ्काल–१ का दिलनाथ बजगाईँ २०८१ कात्तिक २९ गते काँकडभिट्टाबाट बे`पत्ता भएपछि उनकी श्रीमतीले अ`पहरण तथा शरीर ब`न्धकको जाहेरी दिएकी थिइन्। अनुसन्धानका क्रममा प्रहरीले म्याग्दीका ४५ वर्षीय गुप्तबहादुर सिंहलाई नि`यन्त्रणमा लिएर सोधपुछ गर्दा उनले देखाएको मेचीनगर–७ भान्साखोलास्थित बङ्गुर फार्ममा बुधबार उ`त्खनन गरिएको थियो। जेसीबी प्रयोग गरी खन्दा फार्म परिसरमै गा`डिएको मानव क`ङ्काल भेटिएको हो।
क`ङ्काल बेप`त्ता दिलनाथकै हो वा अन्य व्यक्तिको भन्ने पुष्टि भइसकेको छैन। पहिचानका लागि कङ्का`ल परीक्षण तथा डीएनए नमुना विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनामा फार्म सञ्चालक सिंह र भारतका ४९ वर्षीय सञ्जय लामालाई प`क्राउ गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस