२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

हरेक सेकेण्डमा वर्षा बढेपछि काठमाडौं महानगरले थाल्यो यस्तो तयारी, विद्यालय के हुन्छ ?

काठमाडौं । वर्षा बढेसँगै काठमाडौं महानगरपालिकाले सम्भावित बाढी, डुबान र पहिरोको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारेको छ। महानगरले जोखिमयुक्त क्षेत्रसँगै विद्यालयमा निगरानी बढाउँदै आवश्यक परे पठनपाठन स्थगित गर्न शिक्षा विभागलाई अधिकार दिएको छ।
नदी किनारमा माइकिङ, पानी निकास हुने स्थानको निगरानी तथा ढल, मंगाल र क्याचपिट सफाइ तीव्र बनाइएको छ। उद्धार सामग्री, सवारीसाधन र नगर प्रहरी टोली तयारी अवस्थामा राखिएको छ भने आकस्मिक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स तथा स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको छ।
आवश्यक परे विद्यालय र मानव सेवा आश्रमलाई अस्थायी सुरक्षित केन्द्रका रूपमा प्रयोग गर्ने तथा विपद्मा परेकालाई राहत दिन छुट्टै संयन्त्र बनाइएको महानगरले जनाएको छ। महानगरले नागरिकलाई सतर्क रहन र आधिकारिक सूचना पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस