अविरल वर्षासँगै सप्तकोशी नदीमा आइरहेको बाढीले खतराको बिन्दु पार गरेको छ । हाल बहाव २ लाख २९ हजार ९६० क्युसेक पुगेको छ। बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ३० ढोका खोलिएका छन्।
खतराको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती र झन्डा रातो राखिएको छ। पानीको सतह अझै बढ्न सक्ने भएकाले कोशी आसपासका तटीय तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन त्यही गएर माइकिङ गरिरहेको छ । उद्धारका उपकरण तैनाथ राखेको छ ।
प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार

