काठमाडौं । काभ्रेपलाञ्चोकको रोसी खोलामा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तल्लो तटीय क्षेत्र र आसपासका बस्तीमा बाढी तथा कटानको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझ ५ बजे रोसी खोलाको जलसतह ४.५०७ मिटर पुगेको थियो।
जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालयले रोसी गाउँपालिका, पनौती, नमोबुद्ध नगरपालिका तथा बीपी राजमार्ग आसपासका नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले खोला किनारमा फोटो, भिडियो वा रिल्स बनाउन नजान आग्रह गर्दै सुरक्षा निकायले माइकिङमार्फत सचेतना फैलाइरहेको जानकारी दिए। खोलाले सडकहरु नै कटान गरेका कारण यात्रा रोकिएको छ ।
प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार

