काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सचिवालय र सल्लाहकार टिमको विवरण सार्वजनिक भएसँगै मुख्य राजनीतिक सल्लाहकार कुमार (बेन) ब्यञ्जनकारको भूमिकाबारे चर्चा चुलिएको छ । विगतका सल्लाहकार र सचिवालयमा नियुक्तहरु राज्यकोषबाट कार्यालयमै बसेर भएपनि भ्रमणदेखि अनेक भत्ता थाप्थे ।
तर अहिले सार्वजनिक विवरणअनुसार ब्यञ्जनकारलाई मन्त्रीसरहको जिम्मेवारी र मर्यादा दिइएको छ। यद्यपी उनी राज्यकोषबाट कुनै तलब, भत्ता वा पारिश्रमिक नलिने गरी अवैतनिक रूपमा कार्यरत रहेको उल्लेख छ ।
सरकारी जिम्मेवारीसँगै तलब, भत्ता र विभिन्न सुविधा लिने प्रचलनबीच मन्त्रीसरहको हैसियत पाएर पनि पारिश्रमिक नलिने उनको निर्णयलाई चासोका साथ हेरिएको छ। यो कुरा उनले सार्वजनिक खपतको रुपमापनि बाहिर ल्याएनन् । ६ महिनापछि सरकारी निकायले विवरण सार्वजनिक गर्दामात्र यो तथ्य खुल्यो उनले त तलब नै नलिई काम गरिरहेका रहेछन् ।
प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार

