२०८३ असोज १६ गते शुक्रवार | 2026 October 2nd Friday

संसद् पुनर्स्थापना हुन्छ, केपी ओली प्रधानमन्त्री भएपछि चै अर्को चुनाव हुन्छ

काठमाडौं । एमाले नेता शेरबहादुर तामाङले एमालेले एक वर्षअघि विघटन गरिएको संसद् पुनर्स्थापनाको मुद्दालाई संघर्षको मुख्य कार्यभारमा राखेको बताएका छन् । तामाङले संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै आफूहरू प्रमाणसहित अदालत गएको तर अहिलेसम्म फैसला नआएकाले आफूहरुको पक्षमा नै आउनेमा शतप्रतिसत विश्वस्त रहेको बताए ।

अदालतले पक्ष वा विपक्ष जे फैसला गरे पनि छिटो गर्नुपर्ने भन्दै उनले “ढिलो न्याय दिनु न्याय नदिनुसरह हो” भन्ने विश्वव्यापी मान्यता स्मरण गराए। उनले यति ठूलो संवैधानिक मुद्दामा अदालतले अझै निर्णय नगरेकाले आम नागरिकले न्याय प्रणालीमाथि प्रश्न उठाउने अवस्था बनेको बताए। जनतालाई यही विषयमा सचेत बनाउन र संसद् पुनर्स्थापनाको मागलाई जिवित राख्न एमालेले यो मुद्दा पुनः उठाएको उनको भनाइ छ। उनले संसद पुनर्स्थापना हुने र एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री हुने त्यो सरकारले चै नयाँ चुनाव गराउने दाबी गरे ।

 

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस