काठमाडौं। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ। अकूत सम्पत्ति आर्जनमा भ्रष्टाचारी ठहर गर्दै विशेषले बिगो बराबरको जरिवाना र सम्पत्ति जफतको पनि आदेश गरेको छ।
विशेष अदालतले पौडेललाई बिगो बराबर हुने ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ जरिवानाको फैसला गरेको हो । बिगो बराबरको सम्पत्ति जफत हुने फैसलामा उल्लेख छ। विशेषका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले विकललाई भ्रष्टाचारी ठहरेको हो। उनी केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड सरकारमा हुँदा विभिन्न शक्तिशाली निकायमा नियुक्ति खाँदै आएका थिए ।
प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार

