२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

बिचौलिया सापकोटासँग हिमालयन होटलमा अरु न्यायाधीशलेपनि भेटेको खुलासा

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले बिचौलिया इनम सापकोटासँग काठमाडौंस्थित होटल हिमालयमा भएको भेट स्वीकार गरेका छन् । यतिमात्र हैन, सर्वोच्च अदालतकै अन्य न्यायाधीशसमेत सहभागी भएको खुलासा गरेका छन्।

बिहीबार न्यायिक पत्रकारहरूसँगको छलफलमा फुयालले गत भदौ १८ गते भएको उक्त भेटमा सापकोटाले प्रधानमन्त्री बालेन्द्र शाहको नाम लिएर न्यायिक निर्णय प्रभावित पार्न खोजेको बताएका हुन्। फुयालका अनुसार सापकोटाले प्रधानमन्त्री, विदेशी दूतावासका अधिकारी, प्रधानसेनापति र प्रधानन्यायाधीशसँग आफ्नो निकट सम्बन्ध रहेको दाबी गर्दै विभिन्न विचाराधीन मुद्दामा दबाब दिने प्रयास गरेका थिए।

विशेषगरी व्यवसायी दीपक भट्टलाई छुटाउन प्रधानमन्त्रीको निर्देशन रहेको भन्दै दबाब दिएपछि सापकोटाको गतिविधिमाथि शंका लागेको र आफूले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएको फुयालले बताएका छन्। उनकै दाबीअनुसार उजुरी दिएको दुई–तीन दिनभित्र सापकोटा पक्राउ परेका थिए। उनीहरूले प्रधानमन्त्री तपाईंहरुसँग प्रधानमन्त्री सन्तुष्ट हुनुहुन्न । महाअभियोग लाग्न सक्छ तर म बचाउन सक्छु । माथि दुतावासबाट फोन लगाउन सक्छु भनेकाले महाअभियोगको डरकै बिच भेटेको भनेर उनी थप उदांगिएका छन् ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस