२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

धनगढीमा बसले साइकलमा सवार बिद्यार्थीलाई ठक्कर दियो

धनगढी। धनगढीमा बसले साईकलमा सवार बिद्यार्थीलाई ठक्कर दिएको छ। धनगढी मेनरोडस्थीत निर्माण ब्यवसायीको गेट नजिकै से १ ख ११९२ नम्बरको बसले क्याम्पसमा जाँदै गरेकी धनगढी २ कालीका टोलकी कल्पना पाण्डेयलाई ठक्कर दिएको हो। पाण्डेय साइकल चढेर कैलाली बहुमुखी क्याम्पसमा पढ्न गइरहेकी थिइन्।

साईकल मोड्न खोज्दा पछाडीबाट आइरहेको बसले ठक्कर दिदा उनको सामान्य हात र खुट्टा चोट लागेको छ। अन्य मानविय क्षती नभएको प्रहरीले जनाएको छ। धनगढीमा रिद्धीसिद्धी पार्टि प्लालेसमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनमा सहभागी हुन महिला सवार रहेको बस हो। बैतडीको सुर्नया घर भएकी पाण्डेयको साईकल भाँचिएको छ। सो घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरको बताएको छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस