२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

अर्थमन्त्री प्रकाशशरण महतले प्रष्ट भने, विद्युतीय गाडीमा कर घट्दैन

Prakash Saran Mahat

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा बढाइएको करको दर नघट्ने बताउनुभएको छ । शुक्रबार बजेटमाथिको छलफलपछि राष्ट्रिय सभामा जवाफ दिँदै उहाँले कर नघट्ने बताउनुभएको हो । विद्युतीय गाडीमा कर घट्दैन। यो यथावत रहला, घट‍्दैन। बरू बढ्न सक्ला, उहाँले भन्नुभयो ।

सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकबाट ५१ देखि १०० किलोवाटसम्मका निजी विद्युतीय सवारी साधनमा ५ प्रतिशत भन्सार शुल्क बढाएको थियो। त्यस्तै यसअघि अन्तःशुल्क नगाल्ने गरेकोमा १० प्रतिशत अन्तः शुल्क तोकेको छ। विद्युतीय सवारी साधनलाई राज्यले प्रोत्साहन गर्ने भएपनि अहिले प्रयोग गरिएका विद्युतीय सवारी साधन आम मानिसको प्रतिनिधित्व गर्नेले प्रयोग नगरिरहेको उहाँको जिकिर थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस