२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

विद्यालय कर्मचारीको माग सम्वोधन गर्न सरकारले बनायो समिति

The Ministry of Education has given this instruction to the local level regarding the staff management of public schools

काठमाडौं। विद्यालय कर्मचारीको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता समिति बनाएको छ।

मन्त्रालय स्रोतको अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्य वार्ता समिति बनेको छ। तर, विद्यालय कर्मचारीहरुको छाता संगठन विद्यालय कर्मचारी परिषद्ले भने यसपटक सहमतिमा मात्रै नमान्ने अडान लिँदै आएको छ।

बजेटले विद्यालय कर्मचारीहरुको माग सम्बोधन नगरेको भन्दै जेठ २० गतेदेखि आन्दोलन गरिरहेका उनीहरुले असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन्। जेठ २७ गतेदेखि भद्रकालीमा रिले अनसन गरिरहेका विद्यालय कर्मचारीहरुलाई विहिबार प्रहरीले हस्तक्षेप गर्दै पाँच जना पक्राउ गरेर साँझ छोडेको थियो।

उनीहरुले सहायक (लेखापाल) हरुका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राख्दै आन्दोलनरत छन्।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस