२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

आजदेखि विद्यालय बन्द गरे मुद्दा चलाइने बालेन शाहको चेतावनी

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन (बालेन्द्र) शाहले विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिनुभएको छ।

कर्मचारीले आइतबारदेखि मुलुकभरका सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएपछि प्रमुख शाहले शनिबार शिक्षक तथा कर्मचारीलाई चेतावनी दिँदै आफ्नो फेसबुकमार्फत भन्नुभएको छ, “काठमाडौँ महानगरपालिका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई सम्पूर्ण विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देश गर्दछ।”

साथै विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पु(याएमा शिक्षक तथा कर्मचारीलाई पदबाट हटाइने, विद्यालय व्यवस्थापन समितिलाई विघटन गरिने तथा बल प्रयोग गरेर बन्द गर्न खोज्नेलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दा चलाइने चेतावनी दिइएको छ।

 

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस