२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

झोला नहुँदा कट्टाको बोरामा किताब

काठमाडौं । शान्नित्रिवेणी गाउँपालिका– ६ को मेहेलमुडीबाट डाँडा खेततर्फ आइरहेका बालबालिकाले बोराको कट्टाको झोला भित्र किताब राखेका छन्। अभिभावकले चामलको बोरालाई मिलाएर डोरी लगाई झोला तयार गरिदिएका हुन्।

दर्जी समुदायका बालबालिकाले विद्यालय जाँदा झोलासम्म नपाउने अवस्था छ। कालिकोटका विभिन्न स्थानीयतहमा शिक्षालागि भन्दै गैरसरकारी संस्थाले काम गरे पनि गरिब बालबालिका सम्म सहयोग पुग्न नसकेको स्थानीय देवानन्द जैसी बताउनुभयो ।

दर्जी समुदायका बालबालिकाले चामलको बोराको झोला बनाएर प्रयोग गरेको देख्दा आफू निकै भावुक भएको र पालिका सरकारलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

यी बाल बालिका गाउँपालिकाको वडा नम्बर ५ का रहेका छन्। गाउँपालिकाले उनीहरूका लागि केही सहयोग गर्ने जनाएको छ।

 

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस