२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। सानेपामा बिहान ११ बजेदेखि सुरू भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा तथा सुझाव प्रस्तुत गर्नेछन्।

उनीहरूले महामन्त्री विश्वप्रकाश शर्माले राखेको १० एजेन्डा, अर्का महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना र अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पेश गरेको अनुशासन समितिको टिपोटमाथि केन्द्रीत रहेर आफ्नो धारणा र सुझाव प्रस्तुत गर्नेछन्।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अहिलेसम्म ८१ जना सदस्यहरूले धारणा राखेका छन्। सो क्रममा सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना र बचाउ गर्नेदेखि गठबन्धनका कारण परेका अप्ठ्योरोदेखि भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणसम्मका विषहरूमा धारणा राखेका थिए। केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ७ मिनेट समय निर्धारण गरिएको छ। केन्द्रीय सदस्यहरूले बोलिसकेपछि १३ जना पदाधिकारीले धारणा राख्नेछन्। बैठक अझै तीन दिन चल्ने आकलन छ।

 

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस