२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

सुन तस्कर माओवादी भित्र रहेको दावी गर्दै ओलीको प्रश्न, तस्करसँग २३४ पटक टेलिफोन ? [भिडियोसहित]

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्कर माओवादी भित्र नै रहेको दावी गर्नुभएको छ । सुन प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाउँदै उहाँले तस्करीको जरो माओवादीमा पुगेको दावी गर्नुभएको हो ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उहाँका छोरा राहुलको नाम जोडिँदासमेत छानबिन नगरेपछि ओलीले प्रश्न उठाउनुभयो । सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘यसका कनेक्सन कहाँ छ। टुप्पो टुप्पो मात्रै हेरेर हुँदैन। जरो कहाँ छ। स्पष्ट देखियो तरु २३४ पटक कुनै गिरोहसम्म निरन्तर संवाद कसरी हुन्छ मान्छेको ? यो निष्पक्ष छ। तैपनि सोधपुछ पनि गर्नुपर्दैन। यसरी पनि देश चल्छ ? अनि बाहिर स्टण्ट दिएको छ। गफ दिएको छ। भ्रमपूर्ण प्रचार गरेको छ।’ उहाँले गृहमन्त्रीले भ्रमपूर्ण प्रचार गराएर स्टण्टमा रमाएको आरोप लगाउनुभयो । थप भिडियोमा हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस