२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

समाजवादी मोर्चाको दोस्रो बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । समाजवादी मोर्चाको बैठक आइतबार बस्दैछ। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आइतबार साँझ बस्ने बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने तयारी छ।

मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्। मोर्चा गठन भएपछि आज दोस्रोपटक बैठक बस्न लागेको हो। मोर्चा गठन भएको करिब तीन महिना भएको छ। मोर्चाको नेतृत्व अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको छ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस