२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

न्युयोर्कमा शक्तिशाली आँधी: आपत्कालीन अवस्था घोषणा

Strong storm in New York

काठमाडौं । अमेरिकाको न्ययोर्कमा शक्तिशाली आँधी र बाढी आएपछि आपत्कालीन अवस्था घोषणा गरिएको छ। बाढीका कारण शहरका धेरैजसो सबवे प्रणाली, सडक र राजमार्ग डुबानमा परेका छन्। डुबान भएपछि शुक्रबार लागार्डिया विमानस्थलको एउटा टर्मिनलसमेत बन्द गरिएको न्युयोर्कका गभर्नर क्याथी होचुलले बताइन्।

“यो खतरनाक, ज्यान जोखिममा पार्ने आँधी हो,” उनले भनिन्, “न्युयोर्क शहर, लङ आइल्यान्ड र हडसन उपत्यकामा अझै अत्याधिक वर्षा भइरहेकाले आपत्कालीन अवस्थाको घोषणा गर्दैछु।” उनले मानिसहरूलाई सुरक्षित रहन र बाढीले भरिएको सडकमा यात्रा नगर्न पनि आग्रह गरेकी छन्।

बाढीमा फसेका १८ जनालाई उद्धार गरिएको थियो। शुक्रबार रातिसम्म कसैको मृत्यु वा घाइते भएको खबर प्राप्त नभएको बीबीसीले जनाएको छ।

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस