२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुबास नेम्वाङ्ग स्मृति फुटसल प्रतियोगितामा २८ टिमको सहभागिता हुने

इटहरी। रास्ट्रिय युवा संघ नेपाल इटहरी उप-महानर कमिटि ले नेकपा एमाले संसदीय दलका उपनेता, सबिधान सभाका अध्यक्ष सुबास नेम्वाङ्ग को स्मृति मा आयोजना गरेको उप-महानगर स्तरीय फुटसल प्रतियोगितामा २८ टिमको सहभागिता हुने भएको छ। भोलि असोज १९ गते शुक्रबार बाट पाथिभरा फुटसल काब्य बाटिका मा सुरु हुने प्रतियोगिता २ दिन सम्म चल्ने छ। प्रथम पुरस्कार नगद रु ५१ हजार सिल्ड मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार ३१ हजार सिल्ड मेडल र प्रमाणपत्र रहेको छ।

यस प्रतियोगिता लाई सफल पार्न इटहरी उप-महानगर का सबै २० वडा तथा उप-महानगरपालिका ले आर्थिक सहयोग गरेको, करिब डेड सय जना युवा खेलकुदमा सहभागी हुने र ५० भन्दा बडी युवा स्वयम् सेवक को रुपमा खटिने, प्रतियोताको सम्पूर्ण तयारी पुरा भएको रास्ट्रिय युवा संघ इटहरी उप-महानर कमिटि सचिब सुमन कटुवाल ले जानकारी दिए।

युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष हुन्। खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारामत्क भूमिका खेलेको हुन्छ।बालबालिका र किशोरकिशोरी खेलकुदमा संलग्न हुँदा उनीहरूले धेरै फाइदाहरू लिन सक्छन्। यसले शारीरिक विकाससहित विभिन्न मानसिकस्थितिमा मद्दत गर्छ।सानै उमेरमा मूख्य खेलकुद कौशल हासिल गर्नाले जवान भईसक्दा व्यक्ति परिपक्व हुन्छ। अनि भविष्यमा सान्दर्भिक गतिविधिहरूमा संलग्न हुने सम्भावना बढ्छ।

खेलकुदमा, जित र हार सामान्य हो भन्ने अनुभवले भविष्यमा युवाहरूलाई जित-हारलाई सजिलैसँग सामना गर्न प्रोत्साहन गर्छ। खेलकुदले उनीहरूलाई सानै उमेरमा जीवनमा सामना गर्नुपर्ने रणनीतिहरू विकास गर्न सहयोग गर्छ। त्यसैले उनीहरूले कठिन परिस्थितिलाई राम्ररी व्यवस्थापन गर्न सक्छन्। अन्ततः खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पुर्‍याउने उदेश्यले युवालाई प्रोत्साहित गर्न फुटसल प्रतियोगिता आयोजना गरिएको रास्ट्रिय युवा संघ नेपाल इटहरी उप-महानर कमिटि अध्यक्ष कमल जंग दाहाल ले जानकारी दिए।

भोलि बाट सुरु हुने प्रतियोगिताको तालिका यस्तो रहेको छ।

स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता२०८०” खेलको उद्घाटनका दिन स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङ को समेत उपस्थिति रहने र समापनका दिन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत को उपस्थिति रहने सचिब सुमन कट्वालले बताए।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस