२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

मंगल धुन र बन्दुक पड्काएर बढाइँसहित हनुमानढोकास्थित दसैँघरमा राखियो जमरा

काठमाडौं । घटस्थापनाको पहिलो दिन आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवतरूपमा जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटको साइतमा शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन् । सोक्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाएको छ । सँगै बन्दुक पड्काएर बढाइँ गरिएको छ ।

दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ । हनुमानढोकाको दसैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन पनि गाइन्छ ।

 

 

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस