२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

मिनिबस कन्टेनरमा ठोक्किँदा ४ महिने बच्चा सहित १२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु र अन्य २३ जना घाइते भएका प्रहरीले बताएको छ। महाराष्ट्रको राजधानी मुम्बईबाट २६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेसवे दुर्घटना भएको हो।

दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु रहेको समाचार छ। प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस