२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

चाडबाडको बेला हवाई भाडादर बढाएकोप्रति सांसद गौतमद्वारा सरकारको ध्यानाकर्षण

Sobita Gautam

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले चाडबाडको बेला भाडादरको मूल्य वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्। सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गर्दै उनले चाडबाडको मौका छोपेर एयरलाइन्स कम्पनीहरूले हवाई भाडादर अत्यधिक बढाएको जन–गुनासो प्राप्त भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्।

उनले घर जाने यात्रुसँग अनावश्यक भाडादर वृद्धि गर्नेहरूलाई कारबाहीको दायरमा ल्याउन वा त्यसो नगर्न नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएकी हुन्। सांसद गौतमले यस विषयमा छिटोभन्दा छिटो अनुगमन गर्न र नागरिकलाई सास्ती दिन नहुने पनि बताइन्।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस