२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

अर्बपति सांसद विनोद चौधरीको उद्योगमा लडेर मजदुरको मृत्यु, खुमबहादुर मृत फेला

काठमाडौं । सांसद एवं अर्बपति विनोद चौधरीको पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ सर्देवामा रहेको सीजी कम्पनीमा मंगलबार लडेर एक मजदुरको मृत्यु भएको छ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ सहरनियाका ३० वर्षीय इजमान खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। सीजी कम्पनीमा ट्रस्ट बनाउने क्रममा करिब २० मिटर माथिबाट लडेर घाइते भएका थिए। दिउँसो साढे २ बजे घाइते भएका उनलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै तानसेन नगरपालिका– १ उकालो पिपलका ४० वर्षीय खुमबहादुर सार्की मृत फेला परेका छन्। मंगलबार बिहान अबेरसम्म नउठेपछि छिमेकी बोलाएका थिए। नबोलेपछि प्रहरी र स्थानीयले ढोका खोलेर हेर्दा बिहान ९ बजे उनी ओछ्यानमै सुतिरहेको अवस्थामा मृत फेला परेका प्रनाउ श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस