२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

राजसंस्था पनि प्रगतिशील हुने, नभए राप्रपा छोड्नसक्ने अभिनेत्री रेखा थापाको खुलासा

Actress Rekha Thapa's disclosure that the monarchy will also be progressive otherwise she may leave the RPP

काठमाडौं । अभिनेत्री एवं राप्रपाकी नेतृ रेखा थापाले राजसंस्थापनि प्रगतिशील हुने दावी गरेकी छिन् । एक युबट्युबमा आएको भिडियोमा उनले “राजसंस्था पनि प्रगतिशील हुन सक्ने जिकिर गर्दै जनतालाई धोका दिए” आफू राप्रपामा पनि नहुनसक्ने बताइन्। ‘

उनले प्रगतिशील राजसंस्थाका सम्बन्धमा पार्टीले वकालत नगरेका खण्डमा जनतालाई धोका हुने भएकाले त्यो पार्टीमा बस्न नसक्ने समेत संकेत गरिन् ।’

सबैले आफ्नो विवेकले भ्याएसम्म समाजको सेवा गर्नुपर्ने बताउँदै अभिनेत्री रेखा थापाले समयक्रममा आफ्नो वास्तविक चरित्र बाहिर आएको बताइन्। ‘म सानैदेखि क्रान्तिकारी स्वभावको थिएँ,’ रेखाले भनिन्। प्रत्यक्ष चुनावमा पराजित भए पनि त्यसले आफूलाई धेरै सिकाएको उनले बताइन्। उनले थप विषयमा भनिन् ‘म सानैदेखि स्पिरिच्युअल थिएँ, अहिले त्यो बाहिर निस्केकोमात्र हो,’ उनले भनिन्।’

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस