२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

नेपालदेखि युरोपसम्म स्पष्ट देखिने आजको चन्द्रग्रहण अघि यस्तो देखियो पूर्णिमाको पूर्णचन्द्र

काठमाडौं । आश्विन शुक्ल पूर्णिमा अर्थात आज कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु भएको समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए। राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।’

आजको खण्डग्रास चन्द्रग्रहण नेपाल र भारतबाट स्पष्ट देखिनेछ । ग्रहण एसिया अफ्रिका र युरोपबाट पनि देखिनेछ जनाइएको छ । आजको चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन पर्ने छैन, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिन्छ । आज चन्द्रमाको पूर्वपट्टिको भाग काटिएको जस्तोमात्रै देखिने । ग्रहण अघि काठमाडौंको बालुवाटारबाट यस्तो देखियो चन्द्रमा ।।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस