२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

राम्रो काम गर्ने कर्मचारीको खुट्टा धोएर मालिकले गरे सम्मान

The boss honored the employee by washing his feet for doing a good job

काठमाडौं । चीनको एक कस्मेटिक कम्पनीका मालिकले आफ्ना कर्मचारीको खुट्टा धोएर कर्मचारीको सम्मान गरेका छन्

कम्पनीका दुई जना महिला मालिकले आफ्नो कम्पनीका आठ जना कर्मचारीले राम्रो काम गरेको भन्दै खुट्टा धोएर सम्मान गरेका हुन्। सन् २०१९ नोभेम्बर २ मा कस्मेटिक कम्पनीका अध्यक्ष र एक महिला अधिकारीले दुई ती कर्मचारीलाई हात जोडेर जुत्ता आफैले खोलेर अभिनन्दनको भिडियो समाजिक संजालमा भाइरल छ।

कम्पनीका अध्यक्षले कर्मचारीको जुत्ता खोलेर उनीहरुको खुट्टा धोइरहेको देखिएको छ। ती कर्मचारीले कम्पनीले तय गरेको लक्ष्य भन्दा धेरै सामान बिक्री गरेका थिए। जसका कारण कम्पनीलाई धेरै फाइदा भयो। कम्पनीका अनुसार कर्मचारीलाई अवार्ड अफ दि इयर सबै दिइन्छ र यो कर्मचारीलाई हौसला बनाउनका लागि गरिएको हो।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस