२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

भूकम्प प्रभावितका लागि एमालेले सरकारी कोषमा एक करोड सहयोग दिने

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावित दुई जिल्लाको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको छ।

जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लामा ठूलो मात्रामा धनजनको क्षति भएपछि पीडितहरूको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

पार्टी पङ्क्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइसकेको र त्यसमा थप सहयोग गर्न एमालेले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको नेता ज्ञवालीले जानकारी दिए। एमालेले पार्टीको सम्पूर्ण पङ्क्ति राहत तथा उद्धारमा खटिन पनि निर्देशन दिइसकेको छ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस