२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

जाजरकोट पुगेका एमाले उपमहासचिवले घाइते भेटेर नआत्तिन ढाडस दिए, पार्टीपंक्तिमा सहयोगको अपिल

Deputy General Secretary of UML reaching Jajarkot says not to panic injured

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल नेतृत्वको केन्द्रीय टोलीले जाजरकोट जिल्ला अस्पताल पुगेर भूकम्पमा परी घाइते भएकाहरुलाई भेट गरेको छ ।

उपमहासचिव रिमालले अस्पालतमा उपचार गरारहेका घाइतेहरूलाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका हुन् । उपमहासचिव रिमालले जाजरकोट जिल्लास्थित एमालेको पार्टी पंक्तिलाई सम्पूर्ण ध्यान प्रभावित जनतालाई राहत र सहयोग गर्नमा केन्द्रित गर्न निर्देशन दिए ।

उनले रुकुम पश्चिमका एमाले नेताहरुलाई समेत भेटेर सहयोगमा खट्न निर्देशन दिएको टोलीमा सहभागी केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । एमालेले मंसिरमा गर्ने मध्यपहाडी राजमार्ग केन्द्रीत यात्रा अभियानका लागि सम्भाव्यता अध्ययन गर्न हिजो शुक्रबार दैलेख पुगेको टोली जारकोटमा भूकम्पको कारण ठूलो जनधनको क्षति पुगेको जानकारी पाएसँगै आज जाजरकोट पुगेको हो ।

टोलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे जानकारी लिएको छ । एमालले यसअघि नै पार्टी पंक्तिलाई उद्वार र राहतमा लाग्न निर्देशन दिइसकेको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस