२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

देश बचाउनका लागि भन्दै इमोशनल ब्यापार गर्ने दुर्गा प्रसाईंको दाउ, रकम उठाउन थालेको प्रमाण भेटियो

Durga Prasai

काठमाडौं । राजनीतिक दलहरुलाई गाली गर्दै नागरिकका मुद्धा आफू उठाउने दावी सहित दुर्गा प्रसाईं नाम गरेका व्यक्ति सामाजिक सञ्जालमा भाइरल हुँदैछन् । यो भाइरल हुने उनको काइदा अरु केही नभएर पैसा उठाउने भएको खुल्न आएको छ । देश बचाउनका लागि भन्दै इमोशनल ब्यापार गर्ने दाउमा दुर्गा प्रसाईं देखिएका छन् ।

उनले सहयोगीहरु लगाएर क्यूआरबाट रकम सहयोग स्वरुप भन्दै संकलनको अपिल नै गरिरहेको भेटिएको छ । इमेलमा लेखिएको छ, श्री दुर्गा प्रसाई ज्यु सगँ आज अहिले कुरा भए अनुसार आन्दोलनको लागी सहयोगको आवश्यक पर्ने भएको हुदाँ वहाँले आम नेपाली नागरिक लाई कयुआर बाट सहयोग माग गर्ने भएको हुदाँ देश बचाउनको लागी सबैले सहयोग गर्नुपर्ने हुन्छ तसर्थ वहाँले क्युआर पठाए पछि वहाँ लाई हामीले तनमन धन ले सहयोग गर्नुपर्छ ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस