२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

रामीडाँडा आसपास आज फेरि भूकम्पको धक्का

जाजरकोट । जाजरकोटको रामीडाँडा आसपास आज बिहान ३.४ रेक्टर स्केलको परकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनसन्धान केन्द्रका अनुसार रामिडाँडा आसपास आज बिहान ८ः५८ बजे ३.४ रेक्टर स्केलको परकम्प मापन गरिएको थियो।

रामीडाँडामा शुक्रवार राति गएको भूकम्प पछि पनि आइतवार साँझसम्म ३४९ परकम्प गएका छन्। राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आइतवार दिउँसो ४ः १० बजेसम्म रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्प पछि ३४९ परकम्प गएको जानकारी दिएको हो।

 

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस