२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

टिकटकमा अश्लिल हर्कत देखाएकी बराल साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्काशित

Baral who showed obscene behavior on Tiktok

बुटवल, २० कात्तिक । टिकटक लाइभमा गोप्य अंग प्रदर्शन गरेर विवादमा आएकी माओवादी केन्द्र सैनामैनाकी नेतृ शान्ति बराल पार्टीबाट निश्काशित भएकी छन् ।

माओवादी केन्द्र सैनामैना नगर अध्यक्ष नारायण महत र सचिव दीपक भण्डारीले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै बरालले नेपाली समाजको सामाजिक मर्यादा तथा पार्टीको सांस्कृतिक आचरण विपरित हर्कत गरेको हुँदा पार्टीको सम्पूर्ण जिम्मेवारी साधारण सदस्य समेत नरहने गरी निश्कासन गरिएको उल्लेख गरेका छन् । उनी वाईसीएल सैनामैनाको अध्यक्ष समेत थिइन् ।

एक हप्ता अघि टिकटक लाइभका क्रममा बरालले ब्लाउज खोलेर आफ्नो स्तन टिकटक प्रयोगकर्तालाई देखाएकी थिइन् । त्यसरी स्तन देखाएपछि टिकटक साथीहरुले उपहार दिएपछि उनले पट–पटक थ्याङ्क यु भनेकी थिइन् । उनको उक्त गतिविधिको चौतर्फी आलोचना भएपछि उनले विज्ञप्ति निकालेर इडिट गरेर आफूलाई बद्नाम गर्न खोजिएको दावी गरेकी थिएन् ।

तर फेसबुक वालमा राखिएको उक्त विज्ञप्तिमा अधिकांश फेसबुक प्रयोगकर्ताले आफूहरुले बरालको हर्कत लाइभ देखेको भन्दै यस्तो झुठो विज्ञप्तिको अर्थ नभएको टिप्पणी गरेपछि विज्ञप्ति नै हटाएकी थिइन् । बरालले मुख्यमन्त्री कार्यालयमा माओवादी जिन्दाबाद भन्दै बनाएको भिडियो समेत विवादित बनेको थियो । यसअघि हामीले प्रकाशित गरेको सामाग्रीमा बरालले समाचार राखिराखे आफ्नो ज्यानपनि जान सक्ने बताएपछि वैयत्तिक रक्षाका लागि हटाएका थियौं ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस