२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

मेयर बालेनको उर्दी : यो पटक राति १ बजेसम्म देउसी–भैलो खेल्नु, प्रहरीले सुरक्षा दिन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन (बालेन्द्र) शाहले यो वर्ष काठमाडौं महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन् । मेयर शाहले राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने र महानगरको नगरप्रहरीले सुरक्षा प्रदान गर्ने बताएका हुन् ।

यो वर्ष काठमाडौ महानगरको नगरप्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको ब्यबस्था मिलाएको बताउदै उनले सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्नका लागि अनुरोध गरेका छन् । सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई पनि सुरक्षाको प्रबन्ध मिलाउन उनले अनुरोध गरेका छन्।

उनका अनुसार विगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगर भित्र राति ९ बजे सम्म मात्र थियो । यस वर्ष भने राति १ बजेसम्म अनुमति दिईएको उनले बताएका छन्।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस