२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

दुर्गा प्रसाईं भन्छन्, आज नजरबन्द तोडेर तीनकुने आउछु : कार्यक्रमका लागि सबै आइदिनु

Durga Prasai Latest

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा कार्यक्रम गर्ने बताएका हुन् । उनले आफूलाई नजरबन्दमा राखिएपनि त्यसलाई तोडेर आफू तीनकुने आइपुग्ने दावी गरेका छन् ।

शनिबार आन्दोलनकारीलाई आफ्नो घर अगाडि आउन आग्रह गर्दै प्रसाईंले आज तीनकुनेमा कार्यक्रम गर्ने बताए। उनले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै चेतावनीसमेत दिए।

‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस् । यो कुरा तपाईं हेक्का राख्नुहोस्’ उनले भने। उनले आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको खुलाएका थिए ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस