२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

पूर्वराजा र लिङ्देनकाे कानेखुसी: गणतन्त्रको जग हल्लियो, ढल्न मात्र बाँकी रह्याे

What is the former king doing in Jhapa today

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बिर्तामोडस्थित इकम कलेजमा राखिएकाे  पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को शक्ति प्रदर्शनसहितको स्वागतमा सो कलेज पुगेका शाहलाई बस्ने विशेष आसनको समेत व्यवस्था थियो।

इकम कलेज प्राङ्गणमा बनाइएको सो सालिक अनावरणका लागि पूर्वराजा शाह शुक्रबार (हिजो) बेलुकी नै झापा पुगिसकेका थिए। मेचिनगरस्थित एक होटलमा रात बिताएका पूर्वराजा शाहले सो कलेजमा आयोजित कार्यक्रममा झण्डै आधा घन्टा समय बिताए।

काठमाडौंमा दुई दिनअघिमात्रै राजसंस्थाको पक्षामा प्रदर्शनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानलाई बेवास्ता गरेका शाहको ‘क्रेज’ देखाउन राप्रपाको भव्य तयारी थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १५ दिनदेखि सोही कार्यक्रमको तयारीका लागि झापा गएका थिए। कात्तिक २५ देखि झापामा बसेका लिङ्देन शनिबार पूर्वराजा शाह कार्यक्रमस्थलमा पुग्दा सँगसँगै देखिए।

पूर्वराजाका लागि बनाएको विशेष आसनको छेउमा बसेका थिए लिङ्देन। कार्यक्रमस्थलमा उपस्थित भिड छिचोल्दै उनै लिङ्देनले शाहलाई कलेजको बाल्कुनिमा राखिएको आसनसम्म पुर्‍याएका थिए। आधा घन्टा उनी कार्यक्रममा बसे। केही सांस्कृतिक कार्यक्रमसहित सालिक अनावरण सकेर उनी त्यहाँबाट फर्किए। त्यही बेला पूर्व राजालाई बिदा गर्दै गरेका बेला उनीहरुबीच कानेखुसी भयाे । दुबैले गणतन्त्रको जग हल्लिसक्यो, ढल्न मात्रै बाँकी रह्याे भन्ने शब्दमा कानेखुसी गरे ।

पूर्वराजा शाह फर्किएसँगै राजसंस्था पुर्नस्थापनाको एजेन्डा बोकेर हिँडेको दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सञ्चारकर्मीहरूले घेरे। उनलाई सञ्चारकर्मीको पहिलो प्रश्न थियो– अब देशमा राजा आउन लागेको हो? राजा आउनुपर्छ भन्ने पक्षमा हो?

जवाफमा लिङ्देनले उल्टै प्रतिपश्न गर्दै भने, ‘यस्तो कुरा पनि मलाई सोध्ने हो? जसले राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाको मुद्दा लिएर हिँडेको दललाई राजा ल्याउनुपर्छ वा हुनपर्छ भनेर सोध्ने कुरा हुँदैन। उनलाई लगत्तै पत्रकारले प्रश्न गरे, ‘गणतन्त्र खारेज हुनुपर्छ?’ जवाफ दिँदै लिङ्देनले भनेका छन्, ‘गणतन्त्रको जग हल्लिसक्यो, ढल्न मात्रै बाँकी छ।

सालिक अनावरण कार्यक्रममा कलेजले आफूहरूलाई पनि निम्तो दिएको र सो निम्तोका कारण सहभागी हुन आएको बताए।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस