२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

गाजामा पुनः बमबारी सुरु, १७८ प्यालेस्टिनी मारिएको दाबी

काठमाडौं । इजरायल र हमासबीच एक साता लामो युद्धविरामपछि फेरि युद्ध सुरु भएको छ। टाइम्स अफ इजरायलका अनुसार आईडीएफले गाजामा बमबारी सुरु गरेको छ। इजरायलको होलित क्षेत्रमा रकेट अलर्ट जारी गरिएको छ। आईडीएफले हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। उसले गाजामा हमासलाई हटाउन कारबाही पुनः सुरु गरिएको बताएको छ।

हमासको आक्रमणका कारण इजरायलले उत्तरी इजरायलका २ वटा राजमार्ग बन्द गरेको छ। यसैबीच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ। इजरायलले पनि २०० ‘आतंकवादी लक्ष्य’मा आक्रमण गरिएको बताएको छ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धक रिहा गर्न नचाहेका कारण युद्धविराम थप लम्ब्याउन नसकिएको बताएका छन्। हमासले सबै महिलालाई रिहा पनि नगरेको र इजरायलमा रकेट प्रहार गर्न थालेको आरोप उनले लगाएका छन्। अक्टोबर ७ मा सुरु युद्ध सुरुमा ४ दिनका लागि रोकिए पनि युद्धविराम ७ दिनसम्म लम्ब्याइएको थियो। अहिलेसम्म इजरायलमा १२ सय र गाजामा १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस