२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

दिक्तेलमा एमाले अध्यक्ष केपी ओलीको ज्येष्ठ नागरिकसँग अन्तरक्रिया

खोटाङ । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङ पुग्नुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहानै ज्येष्ठ नागरिकसँग भेट गरेका छन् ।

खोटाङ सदरमुकाम दिक्तेलमा अध्यक्ष ओलीले जेष्ठ नागरिकहरूसँग भेटघाट र अन्तर्क्रिया गरेका हुन् । सो क्रममा ओलीले ज्येष्ठ नागरिकहरूका सल्लाह, सुझाव र गुनासो ध्यानपूर्वक सुने । उनीहरूले नेकपा (एमाले) र ओलीलाई विभिन्न सुझाव दिए ।

जेष्ठ नागरिकसँगको अन्तर्क्रिया पछि एमालेको अभियान खोटाङबाट अघि बढेको छ । यात्रा खोटाङबाट भोजपुर तर्फ लागेको छ ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस