२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

भारतसँगको अग्लो सिमाना चिवाभञ्ज्याङ एमालेको समृद्धिको लागि संकल्प यात्रा, राष्ट्रिय झण्डा फहराउँदै

पाँचथर । मङ्सिर १४ गते बैतडीको झुलाघाट निस्किएको नेकपा एमालेको  झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज बिहान पाँचथरको चिवाभञ्ज्याङ पुगेको छ । एमाले उपमहासचव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट सहितको टोली चिवाभञ्ज्याङ पुगिसकेको छ।  चिवाभञ्ज्याङ पुग्ने पहिलो टोलीमा  केन्द्रीय नेताहरु राजेन्द्र गौतम, गोविन्द थापा, अइन्द्र सुन्दर नेम्वाङ, विनोद श्रेष्ठ लगायतका नेताहरु छन् ।

अभियानमा संलग्न अन्य नेताहरु पनि चिवाभञ्जयाङ पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको टोलीपनि चिवाभञ्ज्याङ पुगिसकेको छ । चिवाभञ्ज्याङ पुगेर पार्टी अध्यक्ष ओलीले नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन हुँदै छ ।  पाँचथरको यो भञ्ज्याङ्को सिमा भारतको सिक्किमसँग जोडिन्छ । टोली आज नै फर्किएर पाँचथरमा बास बस्नेछ ।

 

 

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस