२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पालिका अध्यक्षको फेसबुकमा कुनैदिन खिचिएकी युवतीको फोटोमा माई डियर वाइफ लेखेर पोष्ट भएपछि…!

काठमाडौं । पछिल्लो समय अधिकांश नेपालीहरुका फेसबुक अकाउण्टहरु ह्याक भइरहेका छन् । बलियो सुरक्षा नपनाउने अधिकांश नेपालीका अकाउण्ट ह्याक गरेर ह्याकरले अश्लिल वा विवादित पोष्टहरु प्रकाशित गरेर त्यसमा क्लिक गर्दा लाभ हुने लिंकहरु जोडेको हुन्छ ।सजिलो पासवर्ड राख्ने, दोहोरो अनुमती मापदण्ड प्रयोग नगर्नेहरुका अकाउण्टहरु ह्याक भइरहेका हुन् ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईको फेसबुकपनि ह्याक गरेर केही असमान्य पोष्टहरु भएका छन् । एक युवतीसँग सार्वजनिक स्थलमा खिचेको तस्बिर राख्दै “माई डियर वाइफ” लेखेर चुम्मनका इमोजी राखिएको तस्बिर पोष्ट भयो । पहिले नै विवाहित रहेका अध्यक्षले भर्खरकी युवतीसँगको तस्बिर राखेर माई डियर वाइफ लेखेपछि एकैछिनमा शनसनी फैलियो ।

दोस्रो बिहे हो र ? भन्दै अधिकांश चकित हुँदै कमेण्ट र सेयर गर्न थाले । तर त्यो पोष्ट अध्यक्ष राईले नगरी उनको फेसबुक ह्याक गरेर अरु कसैले पोष्ट गरेको खुल्न आएको छ । त्यसपछि उनले विज्ञप्ति नै निकालेर फेसबुक अकाउण्टको पासवर्ड आफ्नो पहुँच भन्दा अरुसँग गएको स्पष्ट पारेका छन् । त्यो पोष्टले अध्यक्ष र नामसहित तस्बिरमा देखिएकी युवतीको व्यक्तित्वमा धक्का लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस