२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

एमाले नेता तथा पूर्वसांसद राप्रपा नेपाल प्रवेश

UML leader and former parliamentarian RPP Nepal entry

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसांसद गोविन्दविक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन्। बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेको राप्रपा महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

जाजरकोट जिल्लाका तत्कालीन निर्वाचित जिविस सभापति, निर्वाचित सांसद, राप्रपाका संस्थापक सदस्यसमेत पछिल्लाे समय एमालेमा सक्रिय थिए। शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस