२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

गम्भीर गल्ती भयो, भन्दै गगन थापाले मागे माफी

Gagan Thapa apologised, saying it was a serious mistake

काठमाडौं । पाल्पा, तानसेन नगरपालिकाको बोर्ड ढाकेर पार्टीको जिल्ला सम्मेलनको व्यानर राखिएकाप्रति नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माफी मागेका छन्। उनले सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरू भएको तर हल बाहिर रहेकाहरूले कुरा सुन्न नपाएको भन्दै गुनासो गरेपछि आफूलाई बार्दलीमा लगिएको प्रष्टीकरण पनि दिएका छन्।

‘त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरवाही हो। यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहान्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं,’ उनले भनेका छन्। मंगलबार पाल्पा जिल्ला सम्मेलनका क्रममा नगरपालिकाको बोर्ड नै छोपेर नेपाली कांग्रेसले कार्यक्रम गरेको भन्दै विरोध भएको थियो।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस