२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

यस्तो छ आज सुन चाँदीको मूल्य

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय ८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस