२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

काठमाडौंका यी स्थानमा आज बिजुली काटिने

electricity authority notice

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज चार घन्टादेखि साढे चार घन्टासम्म बिजुली काटिने भएको छ। नेपाल विद्युत् प्राधिकणका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु थापाथली फिडर अन्तर्गत पर्ने थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी कार्यालय, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताल क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि त्यस क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने विद्युत सेवा अवरूद्ध हुनेछ।

त्यस्तै महाराजगञ्ज वितरण केन्द्रको शिवपूरी फिडर अन्तर्गत डाडागाउँ, पासिकोट, भष्मथली,टोखा, पंचेटार, मेगासिटी, ढलमल क्षेत्रमा पनि विद्युतीय तार भूमिगत गर्ने कामका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ। चाँडै काम सकिए निर्धारित समयअगाडि नै विद्युत् सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस