२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

अंग्रेजी नयाँ वर्ष २०२४ सुरु

english new year 2024 starts

काठमाडौं । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। ईस्वी संवत्‌को नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम हुँदैछन्। पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्न थालेको छ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौरहा, लुम्बिनीलगायतका ठाउँमा आइतबार साँझ ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन्। अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालमा पनि घुमघाम गर्ने, पिकनिक खान जाने क्रम बढ्दै गएको छ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो। अहिले विश्वव्यापी रुपमा ईस्वी सम्वत प्रयोगमा छ। नेपालमा यो सम्बत प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्।

 

 

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस