२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

स्कुलबाट फर्किदै गरेका ८ बर्षका उत्तमले मम्मीपनि पूरा भन्न नपाउँदै प्राण त्यागे

A child who was returning from school was hit by a passenger bus and died

दाङ, १६ पुस । घोराही–तुलसीपुर सडक खण्डमा यात्रुबाहक बसले विद्यालयबाट फर्किरहेको बालकलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे १ ख ३६९७ नम्बरको बसले सोमबार दिउँसो करिव ४ वजेको समयमा तुलसीपुर उपमहानगरपालिका –१७ दुधरासमा बालकलाई ठक्कर दिएको हो । तुलसीपुर उपमहानगरपालिका –१७ बघौसी निवासी रामप्रसाद चौधरीका ८ वर्षका छोरा उत्तम चौधरीलाई ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए ।

ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र चालकको खोजीकार्य भैरहेको उनले जानकारी दिए । घटना पश्चात स्थानीयले सो सडक अबरुद्ध गरेका छन् । बसले यति जोडले किच्यो कि उनले चिच्याएर मम्मीपनि भन्न पाएनन् ।

 

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस