२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

नेताकी छोरीले पाइन् सत्ता गठबन्धनको भागबाट पाएको राष्ट्रियसभा सदस्यको टिकट

The leader's daughter got the National Assembly member's ticket from the power coalition

२२ पुस, काठमाडौं । सत्ता गठबन्धनको भागबाट पाएको राष्ट्रियसभा सदस्यको टिकट नेताकी छोरीले पाएकी छिन् । जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन् । उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुन् । नेताकी छोरीलाई टिकट दिइएकोमा पार्टीका नेता-कार्यकर्ताहरुले भने सर्वत्र विरोध गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस